‘ज्वाइँ साब’को ट्रेलर श्रीमती र सम्पत्तिको पछि लाग्दा भोगेको दुःख पेश-Sutra News

‘ज्वाइँ साब’को ट्रेलर श्रीमती र सम्पत्तिको पछि लाग्दा भोगेको दुःख पेश

बिहिबार, १७ असोज २०८१

बिहिबार, १७ असोज २०८१

काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’को ट्रेलर सार्वजनिक भएको छ । करिब तीन मिनेटको ट्रेलरले विवाह, सम्पत्ति र बिछोडलाई प्रस्तुत गरिएको छ ।



रेडियोमा श्रीमतीसहित सम्पत्ति पाइने सूचनाबाट सुरु भएको कथालाई ट्रेलरमा समावेश गरिएको छ । जसमा श्रीमती र सम्पत्ति पाउन प्रतियोगिता हुँदा गोवर्धन विजय हुन्छन् ।

प्रतियोगितामा विजयी भएका जितु अर्थात गोबर्धनले नीतिसँग विवाह हुन्छ । विवाहपछि उनीहरूले वैवाहिक संकट भोग्न सुरु गर्छन् ।

ट्रेलरको अन्त्यमा जितु पासपोर्ट बोकेर विदेशिन विमानस्थल पुगेको देखिन्छ । यो भिडियो यसअघि नै सामाजिक सञ्जालमा सार्वजनिक भइसकेको थियो ।

बसन्त निरौला निर्देशित यो फिल्मलाई रेड आइ फिल्म्सको ब्यानरमा निर्माण गरिएको हो । यो फिल्म आगामी २४ मा प्रदर्शन हुँदै छ ।

फिल्ममा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’लगायतको अभिनय छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट