आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?-Sutra News

आज तपाईंको दिन कति शुभ, राशिफलमा के छ ?

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

आज मिति २०८१ असोज १८ गते शुक्रबार । सन् २०२४ अक्टोबर ४ तारिख । नेपाल सम्बत ११४४ कौलाथ्व द्वितीया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५८ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४६ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन नयाँ कामको सुरुवात खासै राम्रो नहोला । काममा हैरानी बढ्न सक्छ भने ब्यापारमा पनि घाटा सहनु पर्ला । मनमा दुविधा रहन सक्ने दिन छ । तथापि, सामाजिक काममा नाम रहने छ । जागिरमा भने सजक रहनुहोला । स्वास्थ्यले साथ दिनेछ । प्रेमभाव बढ्नेछ । यात्रामा सफलता प्राप्त गर्नु हुनेछ ।

बृष

प्रेम र मित्रताको बन्धन कसिने दिन छ, विभिन्न सहयोग र उपहार पाइनेछ । चल अचल सम्पत्तिको कारोबार होला । वैवाहिक जीवन सुखी हुने समय छ । घरमा पाहुनाको आगमन हुनसक्छ । यात्राको पनि योग रहेको छ । काम बन्नाले मन रमाउला । बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ । उत्साह बढ्ने छ । आफन्तजनले साथ दिने छन् ।

मिथुन

नसोचेको काम बन्ने एवम् प्रियजनसँग भेटघाट हुने समय छ । दैनिक काम सन्तोषजनक रूपले सम्पन्न हुनेछन् भने व्यापारबाट पनि राम्रै आम्दानी हुनसक्छ । विदेशबाट धन प्राप्त हुने योग छ । परोपकारकारका क्षेत्रमा मन आकर्षित होला । मिष्ठान्न भोजनको अवसर मिल्ने देखिन्छ । पराक्रम वृद्धि भइ शत्रुपक्ष परास्त हुनेछ ।

कर्कट

आज समय सोचेजस्तो अनुकुल नरहन सक्छ । खर्च र विबाद बढने तथा शत्रुपक्षले सताउन सक्छ । भौतिक साधनको क्षतिले अनावश्यक धननाश हुन सक्छ, सजक रहनुहोला । आजको दिन सवारी साधनको प्रयोगमा विशेष सावधानी अपनाउनु उचित हुनेछ । स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनु हितकर होला । अनावश्यक झमेलाबाट बच्ने प्रयास गर्नु हितकर हुनेछ । मित्रजनले साथ(सहयोग दिनेछन् । रसरागमा आकर्षण बढ्ने योग छ ।

सिंह

प्रयत्न गरेका काम ढिलै भए पनि सफल हुनेछ, दिन रमाइलैसँग बित्ला । प्रतिभा प्रदर्शन गरेर अरुलाई प्रभावित गर्न सकिने छ । ठूला ब्यक्तिसँग भेटघाट होला । काममा अवरोध पैदा भएछ भने पनि अप्ठ्यारोमा साथ दिनेहरू भेटिनेछन् । अनौठो खबर सुन्न पाइने योग छ । आरोग्यता रहला । रसरागको भाव वृद्धि हुनेछ । बौद्धिक, रचनात्मक र कलात्मक कामले सार्थकता पाउनेछ ।

कन्या

कामको सफलताले थप काम गर्ने हौसला मिल्ने समय छ । पुराना कामहरु सम्पन्न हुनुका साथै आयआर्जन हुने योग छ । धनलाभका साथै नयाँ साथीसँग चिनजान हुने र रमाइलो यात्राको सम्भावना छ । मन हर्षित रहला । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला

आजको दिन मिश्रित फलदायी रहला । धन आर्जनको समय छ । कृषिको कामबाट विशेष लाभ होला । कुनै नयाँ कामको योजना छ भने आज नथाल्नु उचित हुनेछ । लेनदेको काम पनि नगरेकै बेश होला । घरमा पाहुना आगमनको हुनसक्छ । रमाइलो यात्राको पनि योग रहेको छ । आयबल बढ्नेछ । मिठो भोजन प्राप्त होला ।

बृश्चिक

सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यर्थको खर्च बढ्ने सम्भावना रहेकोले एकदम सावधानी अपनाउनु हितकर हुनेछ । स्वास्थ्यमा पनि गडबडीकोे सम्भावना रहेकाले खानपानमा विशेष सजग रहनुहोला । धननाश हुन सक्ने र दाम्पत्य तथा प्रेम सम्बन्धमा पनि धोका हुने देखिन्छ । सहयोगीहरूको साथ दिए पनि काम पूरा नहुने समय छ । प्रतिकुलताका बाबजुद कर्मबल बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोस् । मन केही दुविधाग्रस्त रहन सक्छ । केहि दुविधा पनि रहला । सवल स्वास्थ्यका लागि आहारविहारमा विशेष सतर्क रहनु हितकर हुनेछ । सोचेको काम समयमै सम्पन्न नभए पनि कुनै क्षति नै पुग्ने भने देखिन्न । नवीन अवसर प्राप्त हुने योग छ, समय चिनेर व्यवहार गर्नुहोला । मिठो भोजन प्राप्त हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला ।

मकर

जोखिम वृद्धि र संघर्ष बढ्ने समय छ । तथापि, धन आर्जनका नयाँ उपाय खुल्न सक्छ । परिवारजनका इच्छा पूरा गर्न सकिएला । पढाइमा सफलता पाउने तथा धर्मकर्ममा रुचि बढ्ला । मान्यजनसँगको भेटघाटले मनमा हर्ष छाउने देखिन्छ । नियमित कार्यमा अलिक बढी परिश्रम पर्ला । नियम कानूनले साथ दिनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ

कामहरू सजिलैसँग बन्ने दिन छ । अध्ययन तथा अध्यापनमा मन जाला । रसरागको भाव वृद्धि हुनेछ । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने देखिन्छ । काममा थप जाँगर थपिने देखिन्छ । धनलाभको योग छ । पारिवारिक सुख मिल्नुका साथै ब्यापारमा पनि फाइदा नै होला । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ ।

मीन

आजको दिन घरपरिवारमा केही मनमुटाव हुन सक्छ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ, तर सफलताप्राप्तिमा शङ्का छ । ब्यर्थै समयको नाश हुन सक्छ । मनमा उदासिनता बढ्न सक्छ । काममा अवरोध सिर्जना गर्नेहरू सक्रिय हुन सक्छन् । विश्वास गरेको व्यक्तिले धोका दिन सक्ने हुँदा धैर्य राख्नु हितकर हुनेछ । कतै वादविवादको सामना गर्नुपर्ने योग रहेकोले बोली र व्यवहारमा सजगता अपनाउनु हितकर हुनेछ । साहस बढ्नेछ र आफन्तको साथ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट