आज देशभर मनसुनी वायु कायमै, चार प्रदेशमा वर्षाको सम्भावना-Sutra News

आज देशभर मनसुनी वायु कायमै, चार प्रदेशमा वर्षाको सम्भावना

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । आज देशभर मनसुनी वायुको प्रभाव रहेको हुँदा पूर्वी र मध्य भागमा दक्षिण पश्चिम बङ्गलादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।



जसको प्रभावले कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहेको छ । कोशी र बागमती प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।

यी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशका एक-दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको छ ।

राति देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट