सुनकाे मूल्यले फेरि बनायाे नयाँ रेकर्ड-Sutra News

सुनकाे मूल्यले फेरि बनायाे नयाँ रेकर्ड

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडाैं । स्थानीय बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेकाे छ। लगातार बृद्धिका बिच साताकाे अन्तिम काराेबार दिन (शुक्रबार) सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।



नेपाल सुनचाँदी व्यवसायी महासंघघका अनुसार आज सुन प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला एक सय रूपैयाँले बढी हो।

यसअघि असोज ११ गते हालसम्मकै उच्च बिन्दुमा सुनकाे मूल्य पुगेकाे थियाे । उक्त दिन सुन प्रतितोलाकाे मूल्य एक लाख ६१ हजार दुई सय रूपैयाँ कायम भएकाे थियाे ।

बिहीबारको तुलनामा भने शुक्रबार सुनको मूल्य प्रतितोला चार सय रूपैयाँ महँगाे हाे । यसअघि बिहीबार सुन प्रतितोला एक लाख ६० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो।

सुनकाे मूल्य बढ्दै गर्दा स्थानीय बजारमा चाँदीकाे मूल्य पनि बढेकाे छ । महासंघका अनुसार बिहीबारकाे तुलनामा चाँदीकाे मूल्य प्रतितोला ३० रूपैयाँले बढेकाे छ ।

यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८० रूपैयाँ पुगेको महासंघले जनाएकाे छ ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंसकाे मूल्य २६ सय ६५ अमेरिकी डलर रहेकाे छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्यमा भइरहेकाे उतारचढावकाे प्रभाव स्थानीय बजारमा पर्ने गर्दछ । साेहीअनुसार स्थानीय बजारमा पनि मूल्य घटबढ भइरहेकाे हाे ।

मध्यपूर्वमा बढ्दाे तनावकाे प्रभाव सुनकाे मूल्य निरन्तर उकालाेमा छ । मध्यपूर्वमा तनाव बढ्दै गर्दा लगानीकर्ता सुनमा लगानी गर्न प्राेत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट