कामना सेवा विकास बैंकको सेयर १ सय रुपैयाँमा नै किन्न पाइने-Sutra News

कामना सेवा विकास बैंकको सेयर १ सय रुपैयाँमा नै किन्न पाइने

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौं । कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकले प्रतिकित्ता सय रुपैयाँका दरले ३५ हजार ५ सय ३४ कित्ता संस्थापक सेयर खरिदका लागि आवेदन मागेको हो।



संस्थापक सेयर किन्न इच्छुक लगानीकर्ताले कम्पनीको धितोपत्र प्रबन्धक प्रभु क्यापिटलमा असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीले बिक्री गर्ने संस्थापक सेयरधनीको नाम भने खुलाएको छैन।

बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आज असोज १८ गतेदेखि असोज २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकको सेयरमा अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट