राष्ट्र बैंकले माग्यो विभिन्न पदमा कर्मचारी-Sutra News

राष्ट्र बैंकले माग्यो विभिन्न पदमा कर्मचारी

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विभिन्न तहमा कर्मचारीको माग गरेको छ । शुक्रबार राष्ट्र बैंकले करार सेवामा नियुक्त हुने गरी खरिद अधिकृतदेखि रक्षकसम्मको माग गरेको हो ।



बैंकले दुई जना खरिद अधिकृतसहित सवारी चालक ६ जना, पीपा ७ जना, सिपाही (महिला र पुरुष) १० जना र रक्षक ५ जनासहित विभिन्न पदमा कर्मचारी माग गरेको हो ।

छ महिना अवधिसम्म हुने उक्त करार नियुक्तिका लागि ४५ वर्ष ननाघेका व्यक्तिहरु आवद्ध हुन सक्ने छन् । नियुक्त भएका कर्मचारीलाई राष्ट्र बैंकले जुनसुकै शाखा कार्यालयमा खटाउन सक्ने छ ।

रक्षक, सिपाही र पिपाका लागि नेपाली सेनाका निवृत्त कर्मचारी अनिवार्य गरिएको छ । ड्राइभरका लागि बैंक तथा वित्तीय संस्थामा कम्तीमा १० वर्षको अनुभव भएको हुनु पर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट