पोखरा जाँदै गरेको बोलेरो दुर्घटना हुँदा सात जना घाइते-Sutra News

पोखरा जाँदै गरेको बोलेरो दुर्घटना हुँदा सात जना घाइते

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । स्याङ्जाको आँधीखोला गाउँपालिका २ बेझाङमा बोलेरो जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि पोखरा लगिएको छ ।



सिरुबारीदेखि पोखरा जाँदै गरेको ग १ ज ५७५६ नम्बरको बोलेरो शुक्रबार दुर्घटना भएको थियो । जिपको ब्रेक फेल हुँदा सवारी चालकसहित घाइतेको सेतीदोभान स्वास्थ्य चौकीमा सामान्य उपचार गरी थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको हो ।

दुर्घटनामा आँधीखोला गाउँपालिका ५ का ५० वर्षीय आत्मराम सिग्देल, ८४ वर्षीय कलावती घिमिरे, ३२ वर्षीय सिर्जना चापागाई, पोखरा महानगर ११ कि तीन वर्षीय सोफिया नेपाली, पोखराकै १६ वर्षीय अमना नेपाली, अर्जुनचौपारी ५ कि ५८ वर्षीय शान्तिकुमारी सापकोटा, ६१ वर्षीय शिव सिग्देलको उपचार भइरहेको छ ।

जिप चालक अर्जुनचौपारी ५ का २७ वर्षीय सागर विश्वकर्मा प्रहरी नियन्त्रणमा छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट