कीर्तिपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु-Sutra News

कीर्तिपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । कीर्तिपुरको ल्याबोरेटोरी सुन्दरीघाट सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।



बाग्मती प्रदेश ०२-०३६ प ७७४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार काठमाडौँ सोह्रखुट्टे बस्ने १८ वर्षीय रेकिन श्रेष्ठको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्टार अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट