जापानले दोस्रो विश्वयुद्ध विस्फोट नभएको बमको खोजी गरिने-Sutra News

जापानले दोस्रो विश्वयुद्ध विस्फोट नभएको बमको खोजी गरिने

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१
japan फाइ

काठमाडौँ । जापानले क्षेत्रीय विमानस्थलमा विस्फोट नभएको अवस्थामा रहेका विस्फोटक सामग्री सफा गर्ने भएको छ ।



जापानले दोस्रो विश्वयुद्धका समय अमेरिकाले खसालेको बम दक्षिणको ट्याक्सी वेमा विस्फोट भएपछि जापानले यो घोषणा गरेको हो ।

यो उपकरण बुधबार युद्धको समयमा जापानी आत्मघाती पाइलट (कामीकेज)हरूका लागि पूर्व आधार शिविर रहेको मियाजाकी विमानस्थलमा विस्फोट भएको थियो ।

एएफपीले प्राप्त गरेको फुटेजमा कम्तीमा १० मिटर (३० फिट) सम्म माटोको मुस्लो हावामा उडेको देखिएको छ । घटनामा कोही पनि हताहत नभए पनि साँझसम्म उडान स्थगन गरिएको छ ।

यातायात मन्त्री टेट्सुओ साइतोले शुक्रबार पत्रकार सम्मेलनमा भने, “मियाजाकी विमानस्थल र अन्य विमानस्थलमा चुम्बकीय साधनको प्रयोग गरी यस्ता खतरनाक वस्तु रहेको भेटिएमा खोजी गर्न सरकारले आदेश दिएको छ ।”

राष्ट्रिय प्रसारक एनएचकेका अनुसार सुरुमा सेन्दाई, फुकुओका र नाहाको क्षेत्रीय व्यापारिक हबका विमानस्थलहरूमा खोजी केन्द्रित हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट