साइकल यात्रीको मृत्यु हुँदा प्रदर्शन, नियन्त्रण गर्न प्रहरीले हान्यो अश्रुग्यास-Sutra News

साइकल यात्रीको मृत्यु हुँदा प्रदर्शन, नियन्त्रण गर्न प्रहरीले हान्यो अश्रुग्यास

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । एकीकृत भन्सार जाँच चौकीको प्रवेशद्वार नजिक ट्रकको ठक्करबाट घाइते भएका स्थानीय ६० वर्षीय साइकलयात्री श्याम साहको उपचारका क्रममा मृत्यु भएसँगै विरोध भएको छ ।



चौकीतर्फबाट आइरहेको ना ४ ख २४८३ नं को ट्रकले बिहीबार साँझ ठक्कर दिँदा घाइते भएका साइकलयात्री साहको उपचारका क्रममा मृत्यु भएको खबर सार्वजनिक भएको थियो । योसँगै उनका आफन्तले क्षतिपूर्तिका मागसहित विरोध गरेका हुन् ।

सडकमा विरोध हुँदा भीड नियन्त्रणमा नआएपछि स्थितिलाई सामान्य बनाउन प्रहरीले १० राउण्ड अश्रुग्यास प्रहार गर्नु परेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । अहिले उक्त क्षेत्रका स्थिति सामान्य रहेको, कोही पनि घाइते नभएको र कसैलाई पनि पक्राउ नगरेको प्रहरीले जनाएको छ ।

ठक्कर दिने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाका सन्दर्भमा आवश्यक सोधपुछ तथा अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट