‘रुसी जासुस’ ह्वेलको मृत्यु भएको नर्वे प्रहरीको आशंका-Sutra News

‘रुसी जासुस’ ह्वेलको मृत्यु भएको नर्वे प्रहरीको आशंका

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । गत अगष्टमा नर्वेमा मृत फेला परेको बेलुगा रूसी जासुस ह्वेलको संक्रमणबाट मृत्यु भएको आशंका नर्वे प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ ।



ह्वेल अगष्ट ३१ मा नर्वेको दक्षिण पश्चिमी तटमा रहेको खाडीमा मृत फेला परेको थियो । पशु अधिकार संगठन एनओएएच र वन ह्वेलले ह्वेललाई गोली हानेर मारिएको दाबी गर्दै प्रहरीमा रिपोर्ट दर्ता गरेका छन् ।

ह्वलेका लागि नर्वेली शब्द (हवल) र मस्कोसँग यसको कथित सम्बन्धमा यसको उपनाम ‘ह्वाल्डिमिर’ राखिएको छ । नर्वेली पशु चिकित्सा संस्थानले शव परीक्षण गर्दा ह्वेलको मुखमा ३५ सेन्टिमिटरको काठको टुक्रा पेला पारेको थियो ।

शव परीक्षणको रिपोर्टले मृत्युको सम्भावित कारण ब्याक्टेरिया संक्रमण भनेको थियो । मुखमा काठको टुक्रा अड्किएकाले घाउ भई संक्रमण भएको प्रहरी अधिकारी अमुन्ड प्रिडे रेभहेमले शुक्रबार विज्ञप्तिमार्फत उल्लेख गरे ।

काठको टुक्राले ह्वाल्डिमिरलाई खान गाह्रो बनाएको तथा संक्रमणको जोखिम बढेको हुन सक्ने विज्ञप्तिमा जनाइएको छ । प्रहरीले शव परीक्षणमा गोलीको कुनै निशान फेला नपरेकाले थप अनुसन्धान नगर्ने निर्णय गरेको जनाएको छ ।

नर्वेका अधिकारीले ह्वेल एउटा घेराबाट भागेर रूसी नौसेनाद्वारा प्रशिक्षित भएको हुन सक्ने बताएका छन् । ह्वेल ‘रूसी जासुस’ हुन सक्ने दाबीमा मस्कोले भने कुनै पनि आधिकारिक प्रतिक्रिया दिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट