हनि ट्रयापिङ गिरोहसँग मिलेर पैसा असुल्ने इन्सपेक्टर शाही निलम्बित-Sutra News

हनि ट्रयापिङ गिरोहसँग मिलेर पैसा असुल्ने इन्सपेक्टर शाही निलम्बित

शुक्रबार, १८ असोज २०८१

शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । हनि ट्रयापिङ गिरोहसँग मिलेर पैसा असुलेको आरोपमा इन्स्पेक्टर बिनुकुमारी शाहीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।



छानविनमा रहेकी शाहीलाई प्रहरी प्रधान कार्यालयको सिफारिसका आधारमा शुक्रबार मन्त्रालयले निलम्बन गरेको हो । प्रहरी प्रभाग भैँसेपाटीको प्रमुख हुँदा उनले गत ७ असोजमा एक व्यवसायीलाई पक्राउ गरेकी थिइन् ।

सोही व्यापारीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै बार्गेनिङ गरी ३० लाख रुपैयाँ लेनदेन गरेको प्रारम्भिक छानविनमा खुलेपछि उनलाई त्यहाँबाट हटाएर निलम्बन गरिएको हो ।

घटनामा संलग्न तीन जनालाई जिल्ला प्रहरी परिसर, ललितपुरले थुनामा राखेर अनुसन्धान गरिरहेको छ । शाहीको भूमिकाबारे डीएसपी नरहरी अधिकारीको नेतृत्वमा छानबिन जारी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट