आज शनिबार तपाईंको दिन कस्तो, कति शुभ छ राशिफल ?-Sutra News

आज शनिबार तपाईंको दिन कस्तो, कति शुभ छ राशिफल ?

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

आज मिति २०८१ असोज १९ गते शनिबार । सन् २०२४ अक्टोबर ५ तारिख । नेपाल सम्बत ११४४ कौलाथ्व तृतीया तिथि । आज नेपालमा सूर्योदय बिहान ५ बजेर ५८ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ४५ मिनेटमा हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

अनावश्यक विवादमा फस्न सकिने सम्भावना रहेकाले आजको दिन बोली र व्यवहारमा संयमता राख्नु उचित हुनेछ । पेशागत रुपमा समस्या देखिन सक्छ, तर ब्यापारमा भने फाइदै होला । मुद्दा मामिलामा पर्न सकिने योग छ, सचेत रहनुहोला । अनौठो समाचार पनि सुन्न पाइने योग छ । प्रेमभाव बढ्नेछ भने मिठो भोजन प्राप्त हुनेछ ।

बृष

अरुबाट प्रशंसा मिल्ने र मन हर्षित हुने दिन छ । सामाजिक कामबाट यश प्राप्त हुनेछ । व्यापारमा गरेको लगानि सन्तोषप्रद रहनेछ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्ने योग छ । कुनै विषयमा मनमा दुविधा रहला । ब्यस्तता बढ्ने छ भने रचनात्मक काममा सफलता मिल्नेछ । परिवारिक सुख रहनेछ । उत्साह वृद्धिका साथै आफन्तको साथ मिल्नेछ ।

मिथुन

पराक्रम वृद्धि हुनेछ । नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने समय छ । खुसीको खबर प्राप्त होला । चल अचल सम्पत्तिको कारोबार हुन सक्नेछ । वैवाहिक जीवन सुखी हुने खालको दिन छ । यात्राको पनि योग रहेको छ । वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदै गर्ने देखिन्छ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

परिश्रमअनुसार राम्रै उपलब्धि प्राप्त हुने समय छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । चुनौतीका बाबजुद कामहरू अघि बढ्नेछन् । धैर्यले काम लिने प्रयत्न गर्नुहोला । मित्रजनको सहयोग पनि प्राप्त हुनेछ । अल्झेको काम अरुको सहयोगमा बन्ने छन् । अप्रत्याशित लाभ हुने योग छ । ऐश्वर्य वृद्धि होला । आनन्द र आरोग्यता रहनेछ ।

सिंह

आजको दिन पीडा दिनेहरु सक्रिय रहन सक्छन् । स्वास्थ्य केही कमजोर रहेको अनुभूति होला । खानपानमा विशेष ध्यान दिनु हितकर हुनेछ । व्यर्थको खर्च हुने योग भएकोले खर्च घटाउने प्रयास गर्नु उचित हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । रचनात्मक तथा कलात्मक काममा सफलता मिल्ने देखिन्छ ।

कन्या

नयाँ कामको थालनी हुने दिन छ । ठूला व्यक्तिबाट बुद्धिको तारिफ हुनेछ भने रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ । मुद्दा मामिलामा विजयी भइएला । रचनात्मक कार्यमा प्रगति होला । व्यस्तता र खर्च वृद्धि भएपनि दिन खुशीसाथ बित्ने देखिन्छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

सोचेभन्दा बढी नै लाभ हुने दिन छ । निर्माण तथा व्यवहारिक क्षेत्रमा मन लाग्नेछ । आफन्तमिलनले सुख दिनेछ भने पाहुनाको आगमनले मन हर्षित रहला । आयआर्जनको दृष्टिले राम्रो दिन छ । केही नयाँ काम गर्नको लागि परिवारजनको उचित सल्लाह मिल्ने देखिन्छ । यशवर्चश्व बढ्नेछ ।

बृश्चिक

कामहरु सजिलै बन्ने र प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने समय छ । वैदेशिक क्षेत्रबाट लाभ लिने मौका मिल्ला । ब्यापार(व्यवसायबाट सामान्यमात्र नाफा होला । हाँसखेल, भ्रमण र मनोरञ्जनका क्रममा दिन बित्ने देखिन्छ । रमणीय र सुखद यात्राको योग छ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक कार्यमा सफलता प्राप्त होला ।

धनु

घरेलु समस्याले सताउन सक्ने समय छ । मित्र बनेर धोका दिनेहरू फेला पर्ने छन् । अरूको भर पर्दा काममा धोका हुनसक्छ, सावधान रहनुहोला । अर्थको पनि हानी हुने दिन रहेको छ । स्वास्थ्यगत समस्याले सताउन सक्छ । धनमाल हराउने योग रहेकोले विशेष सजगताको खाँचो छ । टाढाको यात्रा गर्नुपर्ने काम छ भने आज स्थगित गरेकै बेस हुनेछ ।

मकर

सानातिना काम र घरेलु समस्यामा अल्झनु पर्ने समय भएपनि आज आकस्मिक रूपले लाभ प्राप्त हुन सक्छ । सामान्य काममा पनि ज्यादा परिश्रम पर्ला । पैसाको लेनदेन खासै हितकर नहोला । मातृधनको उपयोगबाट लाभ उठाउन सकिने छ । नियम कानूनले साथ दिनेछ । शत्रुपक्ष परास्त हुनेछ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ

रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ । काम बन्नाले सुखको अनुभव होला । पठनपाठनमा मन जानेछ । सोचेअनुरुप कमाइ हुने योग छ । सन्तान पक्षबाट खुशीको समाचार सुन्न पाइएला । दामपत्य सुख बढ्ने छ । मिठो भोजन प्राप्त हुनेछ ।

मीन

शुभदायी समय हुनाले आज कुनै नयाँ कामको थालनी गर्नु हितकर हुनेछ । व्यापारमा सफलता मिल्नेछ भने साथीभाइसँग भेटघाट पनि होला । नयाँ कामका योजनाहरु बन्ने सम्भावना छ । काममा जोश र जाँगर बढ्ने देखिन्छ । आर्थिक लाभ पनि प्राप्त होला । शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ । सुख विलास पनि बढ्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट