आज देशको पूर्वी भागमा वर्षा हुने, अन्य स्थानको मौसम कस्तो ?-Sutra News

आज देशको पूर्वी भागमा वर्षा हुने, अन्य स्थानको मौसम कस्तो ?

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । अहिले पनि देशभर मनसुनी वायुको प्रभाव कायमै छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।



विभागका अनुसार कोशी, मधेस र बागमती प्रदेशको पूर्वी भागमा साधारण बदली रही बाँकी पहाडी भागमा आंशिकदेखि साधारणतया बदली छ । बाँकी भागमा मौसम मुख्यतया सफा छ । कोशी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहने छ । यी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट