८ किलो सुनसहित दुई भारतीय पक्राउ-Sutra News

८ किलो सुनसहित दुई भारतीय पक्राउ

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । हेटौँडाबाट आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुनसहित दुई जना पक्राउ परेका छन् । आज बिहान ३ बजे विशेष सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।



हेटौँडा उपमहानगर १५ रातोमाटे चेक पोष्टस्थित पूर्व–पश्चिम सडकखण्डमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई जाँच गर्दा सुन फेला परेको प्रहरीले जनाएको छ ।

बरामद सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ ६५० रूपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने २५ वर्षीय अभिषेक अजिनाथ कुटी र २७ वर्षीय राहुल भिट्टिहाल बाड रहेका छन् ।

उनीहरूले यसअघि ८ असोजमा दुई किलो सुन काठमाडौँमा पुर्‍याएको समेत खुलेको छ । उनीहरूलाई हङकङबाट परिचालन गरिएको हुन सक्ने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट