दाउन्नेमा भासिएको सडक बनाएपछि एकतर्फी सञ्चालन-Sutra News

दाउन्नेमा भासिएको सडक बनाएपछि एकतर्फी सञ्चालन

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएर अवरुद्ध भएको यातायात सेवा एकतर्फी सञ्चालनमा आएको छ ।



बर्दघाट नगरपालिका ४ दाउन्नेस्थित खोर्सानी खोलामा सडक भासिएपछि यातायात अवरुद्ध भएको थियो । सडकको मर्मतपछि आज बिहानदेखि बाटो एकतर्फी सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

उनले सडक मर्मत गरी आज दुईतर्फी सञ्चालनमा ल्याउन गरी काम भइरहेको जानकारी दिए । तर, सडक भासिने क्रम नरोकिएकाले तत्काल दुईतर्फी सञ्चालनमा समस्या भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट