इरानको तेल साइटमा आक्रमण नगर्न बाइडेनको चेतावनी-Sutra News

इरानको तेल साइटमा आक्रमण नगर्न बाइडेनको चेतावनी

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार इजरायललाई इरानको तेल साइटमा आक्रमण नगर्न सल्लाह दिँदै मध्यपूर्वमा सम्भावित युद्धबाट बच्न विश्वलाई एकीकृत गर्न खोजिरहेको बताएका छन् ।



ह्वाइट हाउसमा पूर्वजानकारी बिना अकस्मात आयोजित ब्रिफिङ्गमा बाइडेनले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अर्को कदमबारे निर्णय गर्दा इजरायलका लागि अमेरिकी समर्थनलाई स्मरण गर्नु पर्ने बताए ।

“यदि म इजरायलको ठाउँमा हुन्थे भने म तेल साइटमा आक्रमण गर्नेबाहेक अन्य विकल्पको बारेमा सोच्ने थिए”, बाइडेनले सञ्चारकर्मीसँग भने ।

“इजरायलमा मंगलबार इरानले गरेको विशाल ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणको बदलामा इजरायलीहरु के गर्ने, कसरी गर्ने भन्ने निष्कर्षमा पुगेका छैनन्,’ उनले भने ,

अमेरिकी राष्ट्रपति बाइडेनले बिहीबार इजरायलमाथि तेहरानको मिसाइल आक्रमणको प्रतिशोधमा इरानी तेल साइटमा सम्भावित इजरायली आक्रमणबारे ‘छलफल गरिरहेको’ बताएपछि तेलको मूल्य बढेको हो ।

राष्ट्रपतिय निर्वाचन नजिँकिदै गर्दा कुनै पनि दीर्घकालीन वृद्धि अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसका लागि हानिकारक हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट