पहिरोमा ज्यान गुमाएका परिवारलाई घरमै पुगेर सहयोग-Sutra News

पहिरोमा ज्यान गुमाएका परिवारलाई घरमै पुगेर सहयोग

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।



पानी परिरहेका बेला जोगिन ओडारमुनि ओत लागेका बेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका ६ का जनता भनिने श्यामकुमार चेपाङ र शन्तबहादुर चेपाङ मृत्यु भएको थियो ।

यस्तै, घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका ६ का कान्छा राईको परिवारलाई उनीहरुको घरमा पुगेर राहत उपलब्ध गराइएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई दुई लाखका दरले राहत रकम वितरण गरिएको हो ।

सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताए ।

त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका ८ की छ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट