आज यी सडकमा सवारी साधन सञ्चालन कठिन-Sutra News

आज यी सडकमा सवारी साधन सञ्चालन कठिन

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । बाढीले तहसनहस बनाएको ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि चल्न सकेन । पुल नजिकै सडक भासिएकाले सवारी साधन चल्न नसकेको हो ।



नदी तथा खोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग तथा विभिन्न स्थानमा खसेको पहिरो पन्छाउन कार्य भइरहेकाछ । अहिलेसम्म फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।

अन्य नाकाको सवारी आवागमन सामान्य रहेको ट्राफिकले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बर्दघाट नगरपालिका ४ दाउन्ने स्थित खोर्सानी खोलामा सडक भासिएकाले सवारी आवागमन प्रभावित भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट