काठमाडौँमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु-Sutra News

काठमाडौँमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । जिल्लाको गोकर्णेश्‍वर नगरपालिका ९ नेपाल मेडिकल कलेजस्थित सडकमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।



भे १ क १५६ नम्बरको मिनिट्रक पल्टिँदा सोही मिनिट्रकले च्यापिएर पैदलयात्री गोकर्णेश्‍वर नगरपालिका ९ आरूबारी बस्ने ५५ वर्षीया पवित्रा रिसालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारको क्रममा मृत्यु भएको हो । मिनिट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट