रवि लामिछानेविरुद्ध चितवनका सहकारी पीडितले गरे प्रदर्शन-Sutra News

रवि लामिछानेविरुद्ध चितवनका सहकारी पीडितले गरे प्रदर्शन

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा सांसद रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



शनिबार चितवनमा आयोजित एक कार्यक्रममा सहभागी हुँदै गर्दा सहकारी पीडितहरूले प्रदर्शन गरेका थिए । उक्त कार्यक्रममा चितवन साहारा सहकारीका पीडित ब्यानरसहित नारा लगाउँदै कार्यक्रममा पुगेका थिए ।

कार्यक्रम स्थल पुगेका सहकारी पीडित कार्यक्रम स्थलबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएको हो । सहकारी पीडितहरूले भने आफूहरुले शान्तिपूर्ण प्रदर्शन र ज्ञापन पत्र बुझाउन खोज्दा दबाब दिएका बताएका छन् ।

साहारा सहकारी पीडित संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले आफ्नो समस्याका बारेमा लामिछानेलाई जानकारी गराउन खोज्दा उल्टै हस्तक्षेप गरिएको जिकीर गरे ।

साहारा सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोड के हो ? १५ प्रतिशतको तपाई भागिदार हुनेको नहुने विषयमा कुरा गर्न आउँदा भित्रबाट पीडितमाथी ढुंगा र बोतल प्रहार भएको दुवाडीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट