आफै बोलेरो जीप चलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु-Sutra News

आफै बोलेरो जीप चलेर दुर्घटना हुँदा दुई जनाको मृत्यु

शनिबार, १९ असोज २०८१

शनिबार, १९ असोज २०८१

काठमाडौँ । हुम्लाको ताँजकोट गाउँपालिका ४ को तीर्थसैनामा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको छ ।



हुम्लाबाट नेपालगञ्ज जाँदै गरेको लु १ ज २३४३ नम्बरको जीप दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगर २० निवासी ४९ वर्षीय विष्णु परियार र हुम्लाको चङ्खेली गाउँपालिका ६ का करिब छ वर्षीय बालक अभिषेक बुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले जानकारी दिए ।

रोकेको जीप आफैँ पछाडितर्फ गुडेर तीन सय मिटर तल खसेको बताइएको थियो । मृतक परियार दशैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको र उनीसँगै बालक बुढा पनि मामा घर गइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट