आज तपाईंको राशिफल कस्तो, कतिको शुभ छ दिन ?-Sutra News

आज तपाईंको राशिफल कस्तो, कतिको शुभ छ दिन ?

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

आज मिति २०८१ असोज २० गते आइतबार । सन् २०२४ अक्टोबर ६ तारिख । नेपाल सम्बत ११४४ कौलाथ्व तृतीया, असोज शुक्ल चतुर्थी तिथि । आज नेपालमा बिहान ५ बजेर ५९ मिनेटमा सूर्योदय भयो भने साँझ ५ बजेर ४४ मिनेटमा सूर्यस्त हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

आजको दिन केही चुनौतीयुक्त रहने देखिन्छ । कसैसँग बिनाकारण विवाद वा झै झगडा हुन सक्छ, सचेत रही व्यवहार गर्नुहोला । लेनदेनको समस्याले सताउन सक्छ, विरोधिहरू पनि बढ्न सक्छन् । ब्यापारमा खासै लाभ नहोला । यात्रामा पनि विशेष सावधानी अपनाउनु हितकर हुनेछ । सानातिना घरायसी काममा समय खर्च हुनेछ ।

बृष

समय शुभदायी छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ भने मित्रजनले प्रशंसा गर्नेछन् । नसोचेको सम्मान मिल्ने देखिन्छ । अध्ययन तथा अध्यापन कार्यमा सुधार आउने योग छ । कुरा काटनेहरु प्रशंसक बन्नेछन् । लेनदेनमा भने केही समस्या आउन सक्ने हुँदा सचेतनापूर्ण व्यवहार गर्नु उचित हुनेछ । पारिवारिक समस्याको समाधान मिल्नेछ ।

मिथुन

ब्यस्तता वृद्धि हुने समय छ । नयाँ काम प्राप्तिको योग छ । आकस्मिक निम्तोमा सहभागी हुन पाइएला । लामो समयदेखि रोकिएका कामहरू बन्ने देखिन्छ । हर्ष र हौसला बढ्नेछ । पराक्रम बढ्नुको साथै अधुरा काम बन्ने छन् । धनलाभ होला । सभासमारोहमा मान पुरस्कार प्राप्त हुन सक्छ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागको भाव वृद्धि हुनेछ ।

कर्कट

पराक्रम बढ्ने छ । व्यापार–व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा मिल्ने समय छ । रुचिका विषयमा लगानी बढाउन सकिएला । प्रेमसम्बन्धमा सुधार तथा दाम्पत्यसुखको योग छ । स्वास्थ्य स्थितिमा सुधार आउने छ । आयआर्जनको स्रोत फेला पर्ला । साथीभाइको सहयोग प्राप्त हुनेछ । रोकिएको काम बन्ने र शत्रुमाथि विजय प्राप्त हुनेछ । रसरागात्मक कार्यमा आकर्षण रहला ।

सिंह

समय खास नराम्रो नभएपनि आज खर्च र विवाद बढ्ने तथा शत्रुले सताउने योग रहेकोले सावधान रहनु हितकर होला । आजको दिन हातहतियारको प्रयोग गर्दा अघिपछिको तुलनामा विशेष सचेत रहनु उचित हुनेछ । रसरागात्मक क्रियाकलापमा आकर्षण बढ्नेछ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ । पारिवारिक सुख वृद्धि होला ।

कन्या

विभिन्न अवसरले पछ्याउने छन् । भविष्यका लागि विशेष काममा जग बसाउने मौका मिल्ला । शैक्षिक प्रगतिका लागि अनुकूल समय आएकोले पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । प्रेमसम्बन्ध बलियो रहला । अधुरा कामहरु बन्ने, अरुको विश्वास आर्जन गर्न सकिने र आफन्तजनको उचित सहयोग मिल्ने योग छ । आरोग्यता रहनेछ । यात्रामा सफलता प्राप्त हुनेछ ।

तुला

अरुको विश्वास सजिलै जित्न सकिने समय छ । गरेका हेरक कार्यबाट लाभ नै मिल्ने देखिन्छ । व्यापारबाट राम्रै आम्दानी हुनसक्छ । नसोचेको काम बन्ने योग छ । अर्थलाभका अवसर आउनेछन् ।सामाजिक प्रतिष्ठा पनि बढ्नेछ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण बढ्नेछ । धन सम्पदामा बढोत्तरी होला ।

बृश्चिक

फुर्सदिलो समयको अनुभूतिले आनन्द दिलाउला । प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिने छ । रमणीय र सुखद यात्राको योग छ । यात्रामा विशेष लाभ होला । जीवनसाथी र आमाको सल्लाहमा गरिएको काममा सफलता प्राप्त हुनेछ । शुभता बढेर रोकिएको काम बन्नेछ । आरोग्यता रहला । बौद्धिक र रचनात्मक कार्यमा विशेष सफलता प्राप्त हुनेछ । शत्रुपक्ष परास्त हुनेछ ।

धनु

कर्मबल बढ्ने समय भएपनि आज हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस् । मान्यजनको सुझाव अप्रिय लाग्नसक्छ । आज आर्थिक संकट पनि आउने देखिन्छ । लेनदेनमा विवाद बढ्ने र घरायसी समस्या आउन सक्ने योग छ । पढाइ लेखाइमा खासै ध्यान दिन नसकिएला । तथापि, मिठो भोजन प्राप्त हुने र भ्रमणादिमा आकर्षण बढ्ने छ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ ।

मकर

गलत विचारहरुले काममा बाधा सिर्जना गर्ने योग रहेकोले नयाँ योजना बनाउन र दीर्घ कालीन योजना बनाउन आजको दिन अनुकूल नहुन सक्छ । अरुको काम धेरै गर्नु पर्ला । समयको बचत कम हुने दिन छ । नोकरी तथा राजनीतिमा रहेकालाई चाहिँ मान(सम्मान मिल्न सक्छ । अरुको मन जित्न सकिने छ । रोग र शत्रुलाई जित्ने सामर्थ्य बढ्ने छ । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।

कुम्भ

सामाजिक यश, सम्मान र प्रतिष्ठामा वृद्धि हुने दिन छ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् भने सोच्ने शक्ति बढ्नेछ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन् । धनवृद्धि होला । दाम्पत्य सम्बन्ध सुखद रहला । प्रेमको बन्धनमा बाँधिने समय छ । मिठो भोजन प्राप्त हुनेछ । सामर्थ्य वृद्धि हुनेछ । बौद्धिक र रचनात्मक कार्य पनि बन्ने छ ।

मीन

परिश्रमले धेरै काम बन्ने समय छ । भाग्य बलियो छ, धनार्जनको योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो प्रतिफल प्राप्त होला । मनोरञ्जनमा भुलिने सम्भावना छ । मित्रजनले पनि राम्रै सहयोग गर्लान् । आज आफन्तजनको सहयोग भने खासै नपाइएला । सुख–सुविधाको वस्तु बढ्नेछन् । समस्याको समाधान मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट