बाढी पहिरोमा परी २४४ जनाको मृत्यु, प्रतिमृतक दुई लाख दिँदै सरकार-Sutra News

बाढी पहिरोमा परी २४४ जनाको मृत्यु, प्रतिमृतक दुई लाख दिँदै सरकार

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । हालैको बाढी पहिरोमा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ । घटनामा परी १९ जना बेपत्ता छन् भने १७९ जना घाइते भएका छन् ।



गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढी पहिरो प्रभावित क्षेत्रबाट १७ हजार १७४ जनाको उद्धार गरिएको छ । सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत सम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ ।

“बाढी पहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको छ, त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ, स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ”, उनले भने ।

सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता १६० परिवारले पाइसकेका छन् ।

बाढी पहिरोमा परी सबैभन्दा बढी काभ्रेमा ७२ जनाको मृत्यु भएको छ । त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट