दशैँमा स्थानीय तहबाट नुन पाएपछि खुसी भए गाउँले-Sutra News

दशैँमा स्थानीय तहबाट नुन पाएपछि खुसी भए गाउँले

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । जुम्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि पाँच केजीको नुन खरिद गर्न एक हजार खर्चेर सदरमुकाम खलङ्गा पुग्नु पर्ने बाध्यताको अन्त्य भएको छ ।



तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनले जिल्लाका स्थानीय तहलाई वडाबाट नुन वितरण गर्न वडामा दर्ता भएका घर लगतअनुसार प्रतिव्यक्ति पाँच केजीका दरले आपूर्ति गरेको बताए । “यो दशैँमा नुनको अभाव हुने छैन,” उनले भने ।

साल्ट ट्रेडिङ कर्पोरेशनका प्रमुख नगेन्द्र थापाले पनि सबै पालिकामा नुन आपूर्ति भएको जानकारी दिँदै सदरमुकाम खलङ्गाको गोदाममा एक हजार १६० क्विन्टल नुन मौज्दात रहेको बताए ।

चालु आर्थिक वर्षमा नराकोट र गोरुचौर डिपोमा एक–एक हजार क्विन्टल र सदरमुकाम खलङ्गाको डिपोमा चार हजार क्विन्टल नुनको कोटा तोकिएको प्रमुख थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट