श्रेष्ठले पाए अवकाश, आजदेखि प्रधानन्यायाधीशको जिम्मेवारी राउतको काँधमा-Sutra News

श्रेष्ठले पाए अवकाश, आजदेखि प्रधानन्यायाधीशको जिम्मेवारी राउतको काँधमा

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौं । सर्वोच्च अदालतको ३२औँ प्रधानन्यायाधीशको रूपमा प्रकाशमान सिंह राउतले सपथ खाँदै छन्। राष्ट्रपति भवनमा आज दिउँसो १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी उनलाई शपथ खुवाउन लागिएको हो ।



यसअघिका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले ६५ वर्षे उमेरहदका कारण असोज १९ गतेदेखि अनिवार्य अवकाश लिइसकेका छन्।

संवैधानिक परिषद्ले सर्वोच्चका वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गतेको बैठकबाट सिफारिस गरेको थियो । असोज १६ मा संसदीय सुनुवाइबाट उनको नाम सर्वसम्मत अनुमोदन भएको थियो ।

राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।

शपथपछि आजै पदभार ग्रहणका लागि तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट