उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य-Sutra News

उच्च विन्दुमा पुगेर घट्यो सुनको मूल्य

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौं । साताकाे पहिलाे काराेबार दिन (आइतबार) स्थानीय बजारमा सुनचाँदीकाे मूल्य घटेकाे छ । शुक्रबार प्रतितोला एक लाख ६१ हजार तीन सय रूपैयाँ पुगेर रेकर्ड बनाएकाे सुनकाे मूल्य आज घटेकाे हाे ।



नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारकाे तुलनामा आज सुनकाे मूल्य प्रतिताेला तीन सय रूपैयाँले घटेकाे छ । मूल्य घटेसँगै आज सुनकाे मूल्य प्रतिताेला एक लाख ६१ हजार रूपैयाँ पुगेकाे छ।

सुनकाे मूल्य घट्दै गर्दा आज चाँदीकाे मूल्य भने बढेकाे छ । महासंघका अनुसार चाँदीकाे मूल्य आज प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँ कायम भएकाे छ ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँले बढी हाे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट