दशैँमा यात्रुको चाप बढ्यो, कुन सडकको अवस्था कस्तो ?-Sutra News

दशैँमा यात्रुको चाप बढ्यो, कुन सडकको अवस्था कस्तो ?

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । दशैँ सुरु भएसँगै राजधानी काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढिरहेको छ ।



यात्रुको चाप बढेसँगै काठमाडौँको नयाँ बसपार्क तथा माछा पोखरी हुँदै बाहिरिने सवारी साधनको संख्या पनि बढेको छ । यात्रुको चाप बढेसँगै ट्राफिक प्रहरीले आवागमन सहज बनाउने गरी काम गरिरहेको छ ।

काठमाडौँ उपत्यका जोड्ने प्रमुख राजमार्ग नागढुंगा भएर चल्ने सवारी साधनको चाप हुँदा ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज पनि ठप्प भएको छ । पुल नजिकै सडक भासिएपछि उक्त सडक ठप्प भएको हो ।

यता, नवलपरासी बर्दघाट सुस्ता पश्चिमको खोर्सानी खोलामा सडक भासिएको हुँदा सवारी साधन एकतर्फी मात्रै सञ्चालन भएको छ । नदी तथा खोलाले सडक कटान गरेकाले बीपी राजमार्ग हुँदै चल्ने सवारी साधन ठप्प भएको छ ।

विभिन्न स्थानमा खसेको पहिरो पन्छाउने काम भइरहेकाले फर्पिङ र कान्तीलोक पथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट