दाउन्नेमा भासिएको सडक बन्यो, दुई तर्फी सवारी खुला-Sutra News

दाउन्नेमा भासिएको सडक बन्यो, दुई तर्फी सवारी खुला

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुई तर्फी रुपमा सञ्चालनमा आएको छ ।



गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका ४ दाउन्नेस्थित खुर्सानी खोलामा भासिएको सडक मर्मतपछि आजदेखि दुई तर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिए ।

शनिबार बिहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइए पनि मालवाहक सवारी साधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट