प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकले ग‍र्‍यो दुई करोड जम्मा-Sutra News

प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकले ग‍र्‍यो दुई करोड जम्मा

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल बैँक लिमिटेडबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि दुई करोडको चेक हस्तान्तरण भएको छ ।



प्रधानमन्त्री निवास बालुवाटारमा नेपालको पहिलो बैँकका रुपमा रहेको नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतमा खर्च गर्न चेक हस्तान्तरण गरेका हुन् ।

यस अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योग धन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गरे । उनले कसैको अनुहार नहेरी प्रणाली र कानूनअनुसार काम गर्न आग्रह गरे ।

यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिक रुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट