बाढी पहिरो पीडितलाई राहत दिन माग गरी आन्दोलन गर्ने पक्राउ-Sutra News

बाढी पहिरो पीडितलाई राहत दिन माग गरी आन्दोलन गर्ने पक्राउ

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । सरकारको विरोधमा कालो झण्डा देखाएको भन्दै सिंहदरबारको मूल गेटबाट ६ जना पक्राउ परेका छन् । कालो झण्डा देखाउँदै प्रदर्शन गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।



जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूले बाढी पहिरो पीडितलाई सरकारले तत्काल राहत दिनु पर्ने र पुनस्थापना गर्नु पर्ने माग राखेका थिए ।

प्रदर्शन गर्नेहरु मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का कार्यकर्ता रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट