बीवाईडीको एकै दिन १३२ युनिट ईभी डेलिभरी-Sutra News

बीवाईडीको एकै दिन १३२ युनिट ईभी डेलिभरी

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडाैं । विद्युतीय सवारी निर्माता कम्पनी बीवाईडीले नेपालमा एकै दिन १३२ युनिट ईभी डेलिभरी गरेको जनाएको छ । कम्पनीले असोज १७ गते घटस्थापनाको अवसरमा उक्त उपलब्धि हासिल गरेको उल्लेख गरेको छ ।



बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले देशभर रहेका डिलर नेटवर्कमार्फत उक्त उपलब्धि हासिल गर्न सफल भएको जानकारी दिएको हो ।

साइमेक्स इंकका नेसनल सेल्स हेड आशुतोष गौतमले सो अवसरमा कृतज्ञता कायम गर्दै भने, ‘एकै दिन, त्यो पनि घटस्थापनाको उपलक्ष्यमा १३२ ईभी डेलिभरी गर्न पाउनु हाम्रो लागि गर्वको दिन हो । यसले बीवाईडीका इलेक्ट्रिक गाडीप्रति नेपाली ग्राहकको बढ्दो विश्वासलाई प्रतिबिम्बित गर्दछ । बेस्ट इन क्लास सर्भिस उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई समेत दर्शाउँछ । यो उपलब्धि नेपालीहरूको अझै सफा र दिगो मोबिलिटी समाधानप्रतिको बढ्दो जागरुकता पनि हो ।’

देशभर बीवाईडीको बजार उपस्थिति तीव्ररुपमा बढिरहेको समयमा उत्साहजनक डेलिभरी भएकाे हाे । पछिल्लो समयमा वीरगन्ज, बनेपा र जनकपुरलगायतका स्थानमा शोरुम विस्तार गरेर बीवाईडी नेपालभर विस्तार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट