होण्डाको चाडपर्व अफरमा चार ग्राहकले जिते १/१ लाख नगद-Sutra News

होण्डाको चाडपर्व अफरमा चार ग्राहकले जिते १/१ लाख नगद

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडाैं । होण्डा नेपालले हाल चलाईरहेको चाडपर्व योजना “हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार“ अन्तर्गत चार भाग्यशाली ग्राहकहरूले जनही १ लाख नगद पुरस्कार जितेका छन् ।



स्क्र्याच कार्डमार्फत छनोट गरिएको विजेतामा एकान्तकुनाको तिरुमाला मोटर्सबाट निश्चल घर्ती, भरतपुरको युनाइटेड मोटर्स प्रालिबाट प्रतिमा भन्डारी, वालिङको आस्था ट्रेडर्सका सन्तोष सुवेदी र महेन्द्रनगरको केडी अटोमोबाइल्सकी ग्राहक शान्ति साउद छन्।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत, यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा रु.१० लाखसम्मको नगद पुरस्कार जित्ने मौका पाउनुहुनेछ ।

दशैं, तिहार र छठ पर्वको अवसर पारेर कम्पनीले अफर योजना ल्याएको हो । यसलाई ग्राहकहरूले मन पराएको कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट