गोला प्रथाबाट ललितपछि अनिललाई किन्न जनकपुर सफल-Sutra News

गोला प्रथाबाट ललितपछि अनिललाई किन्न जनकपुर सफल

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । विकेट किपर तथा ब्याटर अनिलकुमार साहलाई जनकपुर बोल्ट्सले १५ लाखमा आफ्नो टोलीमा ल्याउन सफल भएको छ ।



अनिलले आफ्नो मूल्य न्यूनतम १० लाख रुपैयाँ राखेका थिए । उनलाई किन्न अक्सनमा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए । तर, लक्की ड्रमार्फत जनकपुरले आफ्नो टोलीमा ल्याउन सफल भएको हो ।

जारी अक्सनमा सबै टोलीले मूल्य लगाउने अनिल एक्ला खेलाडी हुन् । नेपाली राष्ट्रिय टोलीबाट पछिल्लो समय उनले राम्रो प्रदर्शन गरिरहेका छन् ।

यसअघि जनकपुरले राष्ट्रिय टोलीका स्पिनर ललित नारायण राजवंशीलाई आफ्नो टोलीमा ल्याउन सफल भएको थियो ।

एनपीएलमा सहभागी सबै टोलीले उनलाई उच्चतम मूल्य अर्थात १५ लाख रुपैयाँमा खरिद गर्ने भएका थिए । तर, उनलाई गोला प्रथाबाट जनकपुरले खरिद गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट