सहकारी ठगीमा रवि लामिछाने निर्दोष, गोरखा मिडियाबाट अनुसन्धान हुने प्रचण्डको दाबी-Sutra News

सहकारी ठगीमा रवि लामिछाने निर्दोष, गोरखा मिडियाबाट अनुसन्धान हुने प्रचण्डको दाबी

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने निर्दोष रहेको दाबी गरेका छन् ।



आइतबार रविको निर्वाचन क्षेत्र चितवन पुगेर पत्रकार सम्मेलनमा प्रचण्डले सहकारी छानबिन प्रतिवेदनले लामिछानेलाई दोषी नदेखाएको बताए । लामिछाने जोडिएको गोरखा मिडिया नेटवर्कसम्बन्धी केही विषयमा भने सरकारले अनुसन्धान गर्न सक्ने उनको भनाइ थियो ।

प्रचण्डले आफूले भनेर लामिछानेलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने जिकीर गरे । लामिछानेलाई क्लिन चिट दिन अदालत तयार नभएको कुरा आफूले सुनेको उनको भनाइ थियो ।

यस्तै, प्रचण्डले सहकारी छानबिनको समिति गठनको विपक्षमा रहेका केपी ओली अहिले प्रधानमन्त्री भएकाले सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही गर्न कसैले नरोकेको धारणा राखे ।

उनले सरकारको तयारी राम्रो नभएकाले प्राकृतिक प्रकोपबाट धेरै धनजनको क्षति भएको आरोप लगाए । आफूहरू बाढी पहिरो पीडितको समस्या बुझ्न जाँदा सरकार नभएको अनुभूति जनताले गरेको उनको भनाइ थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट