आठ किलो अफिमसहित दुई जना पक्राउ-Sutra News

आठ किलो अफिमसहित दुई जना पक्राउ

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागु औषध अफिमसहित दुई जना पक्राउ परेका छन् ।



जिल्लाको आठबिसकोट नगरपालिका २ स्यालाका ३५ वर्षीय अजय यरी र मुसिकोट नगरपालिका ९ बलचौर घर भई हाल सेरिगाउँ बस्ने ३६ वर्षीय भीमबहादुर ओली पक्राउ परेका हुन् ।

शुक्रबार राति सेरिगाउँबाट ज्यामडाँडा जाने पक्की सडक छेउबाट पक्राउ गरिएका उनीहरूलाई आज रुकुम जिल्ला अदालतबाट पक्राउ पुर्जी स्वीकृत गराई थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक बखतबहादुर शाहीका अनुसार दुवै जनाबाट विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत फेला परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट