एनपीएल अक्सनमा गुल्सनलाई पाउन तानातान-Sutra News

एनपीएल अक्सनमा गुल्सनलाई पाउन तानातान

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका अलराउण्डर गुल्सन झा पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा तानातानमा परे । यसैबीच उनी कर्णालीमा आवद्ध भए ।



उनलाई गोलाप्रथाबाट कर्णालीले आफ्नो पक्षमा पार्न सफल भएको हो । उनलाई आजको अक्सनमा सबैभन्दा बढी चासोमा थिए । सबै टोलीले उनलाई भित्र्याउन चाहे ।

यसका लागि सात वटा टोलीले उच्चतम विन्दुको रकम १५ लाख तिर्न तयार भए । लुम्बिनीले ए ग्रेडका तीन खेलाडी आफ्नो पक्षमा बनाएकाले गुल्सनका लागि बोली लगाउन पाएन ।

गुल्सनले राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट