गैडाकोटमा कुमारी बैंकको उद्यमी प्रशिक्षण-Sutra News

गैडाकोटमा कुमारी बैंकको उद्यमी प्रशिक्षण

आइतबार, २० असोज २०८१

आइतबार, २० असोज २०८१

काठमाडौं । कुमारी बैंकले गैडाकोटमा उद्यमीको व्यावसायिकता विकासका लागि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले युसएडसँगको साझेदारीमा ‘देशै भरि वर्षै भरि’ उद्यमशिलता विकास एवं प्रवर्धनका लागि उद्यमी प्रशिक्षण अभियान सञ्चालन गरिरहेको छ ।



यस प्रशिक्षणले वित्तिय ज्ञान, सिप, मनोबृद्धि तथा व्यवहार विकासबाट मात्रै व्यवहारिक रूपमा उद्यमशिलता प्रवद्र्धन तथा विकास हुने विश्वास लिएको कुमारी बैंकले जनाएको छ ।

यस अभियानमा सर्बसाधारणहरुको विषयगत संवेदनशिलतालार्ई सहजै बुझ्न सकिने गरि वित्तिय उद्यमी प्रशिक्षण, वित्तिय साक्षरता पुस्तिका, कुमारीजी एप, राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारहरुको अभिनय सहितका सन्देशमुलक भिडियोहरु, सचेतनामुलक सन्देसहरू विकास गरि नियमितरुपमा प्रकाशन तथा प्रशारण समेत गरिरहेको बैंकले जानकारी दिएको छ ।

उद्यमी प्रशिक्षणबाट हरेक स्थानीय निकायमा रहेका उद्यमी सोचहरुको प्रर्वद्धन तथा विकासमा टेवा पुर्‍याउदै आर्थिकरुपमा समृद्ध परिवार, समाज तथा राष्ट्र निर्माणमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

कुमारी बैंकले हाल ३०२ शाखा कार्यालय, ३१९ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ५७ शाखा रहित बैंकिङ्ग इकाईमार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट