आज बृष, कर्कट र कन्या राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?-Sutra News

आज बृष, कर्कट र कन्या राशीलाई लाभलाभै, तपाईंको दिन कस्तो ?

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

आज मिति २०८१ असोज २१ गते सोमबार । सन् २०२४ अक्टोबर ७ तारिख । नेपाल सम्बत ११४४ असोज शुक्ल चतुर्थी तिथि । आज नेपालमा सूर्योदय बिहान ५ः५९ बजे भयो भने सूर्यास्त साँझ ५ः४३ बजे हुनेछ । अब सुरु गरौँ राशिफलः



मेष

बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ने दिन छ । धेरै लगानीपछि कममात्र फाइदा हुनेछ । आगो तथा हातहतियारबाट आज विशेष सावधान रहनु हितकर होला । कुरा काट्नेहरु सक्रिय हुन सक्छन् । पतिपत्नीबीच घरसल्लाह नमिल्न सक्छ, सावधान रहनुहोला । आर्थिक संकटको योग भएकोले खर्च कटौतीको प्रयास गर्नु उचित हुनेछ । रोग र शत्रुसित लड्ने सामर्थ्य बढ्नेछ ।

बृष

अध्ययन अध्यापन एवम् ब्यापारमा प्रगति हुने दिन रहेको छ । गरेको कामको कदर भइ प्रतिष्ठा बढ्ने छ, तर जागिरमा आज केही झमेलाको सामना गर्नु पर्ने योग रहेकोले सावधान रहनुहोला । कामको सन्दर्भमा रमाइला व्यक्तित्वहरूसँग मित्रता बढ्ने छ । कला क्षेत्रमा रुचि रहनेछ । सन्तानसुख बढ्ने छ । मिठो भोजन प्राप्ति र आफन्तको साथ मिल्नेछ ।

मिथुन

व्यस्तता वृद्धि हुने तथा भ्रमणसम्बन्धी कार्य बढ्ने समय छ । प्राविधिक काममा सफलता प्राप्त होला । आत्मविश्वास जाग्नेछ भने अल्झेको काम बन्नाले मनमा उल्लास छाउने छ । पढाइलेखाइमा भने आज खासै प्रगति नहोला । आफन्तजनसँग भेटघाट हुने योग छ । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ ।

कर्कट

मित्रजनको सहयोग प्राप्त हुने समय छ । रोकिएका घरेलु कामकाज बिस्तारै बन्नेछन् । महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा लाभ पुग्नेछ । अधुरा काम बन्ने तथा नयाँ काम पाउने योग छ । कुरा काट्नेहरु निस्क्रिय होलान् । व्यवसायमा थप लगानी बढाउन सकिने छ । वैदेशिक तथा ब्यापारिक कामकाजमा फाइदा होला । शत्रुमाथि विजय प्राप्त हुनेछ भने रसरागको भाव वृद्धि होला ।

सिंह

आजको दिन केही चुनौतीको सामना गर्नु पर्ने देखिन्छ । भौतिक साधनको क्षतिले अनावश्यक धन नाश हुन सक्ने योग छ । मनमा पीडाले डेरा जमाइ शरिर अस्वस्थ भएको अनुभूति हुन सक्छ । चोटपटकको भय पनि छ, सचेत रहनुहोला । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या

पढाइलेखाइमा प्रगति हुने समय छ । महत्वपूर्ण काम बन्नेछन् भने लगनशिलता र इमान्दारिताको प्रशंसा गर्नेहरु पाइएलान् । परिवारसँग आत्मीयता बढ्नेछ भने प्रेम प्रस्ताव प्राप्त हुने योग रहेको छ । आरोग्यता रहनेछ । यात्रागत कार्यमा सफलता प्राप्त गर्नु हुनेछ । कार्यगति बढ्ने छ । आफन्तको साथ प्राप्त हुनेछ ।

तुला

आर्थिक क्षेत्रमा राम्रै लाभ हुनसक्ने समय छ । ऋणसापटी लिनदिन आजको दिन अनुकूल रहला । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहनेछ भने ब्यापार, कृषि, तथा वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ । आम्दानी बढ्न सक्छ । मिठो भोजन प्राप्त हुनेछ । साहसिक काममा आकर्षण रहनेछ । रसरागमा आकर्षण बढ्नेछ । घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्ने देखिन्छ ।

बृश्चिक

रमाइलो भेटघाटले मनलाइ हर्षित बनाउनुको साथै पराक्रम बढ्ने समय छ । व्यापार९व्यवसायमा पनि सुधार आउला । यात्रागत कार्यमा लाभ मिल्नेछ । सन्तान पक्षबाट सुखको अनुभूति होला । मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ । टाढाको यात्रा गर्ने अवसर आउला । शुभता बढेर रोकिएको काम बन्नेछ । बौद्धिक र रचनात्मक कार्यमा सफलता प्राप्त हुनेछ । योजना र बजेट बनाइ कार्य गर्नु बेस होला ।

धनु

उत्साहवर्द्धक समय छ । स्वास्थ्य स्थितिमा अनुकूलता आइ काम गर्न जाँगर चल्नेछ । खर्च भने केही बढ्न सक्छ, आर्थिक व्यवहारमा अंकुश लगाउने प्रयास गर्नु हितकर होला । उन्नति पदोन्नति हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक कार्य बन्नेछ । ऋण रोग र शत्रुलाई जीत्ने क्षमतामा वृद्धि हुनेछ ।

मकर

पढाइलेखाइमा सफलता पाउने, आफन्तहरुको सहयोग र बौद्धिक उन्नतिले काममा सुखद परिणाम मिल्ने समय छ । परिश्रमअनुसार उपलब्धि राम्रै पाइएला । रोकिएका काम पुनः सुरु हुन सक्छन् । खर्च भने केही बढ्ने र स्वास्थ्य सामान्य कमजोर रहने योग छ । कुरा काटनेहरु सक्रिय रहने छन्, सावधान रहनुहोला । धार्मिक तथा सामाजिक र्कामा आकर्षण बढ्ने छ ।

कुम्भ

दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने समय छ । काम र व्यापारमा पनि लाभ होला । खर्च भन्दा कमाइ नै बढी हुने योग छ । आम्दानीमा कमी आउने छैन तर निरर्थक तथा प्रतिफल प्राप्त नहुने क्षेत्रमा धन लगानीको सम्भावना छ, सचेत रहनुहोला । छरछिमेकबाट सरसहयोग प्राप्त हुनेछ । मिठो भोजन प्राप्त हुनेछ । रचनात्मक कार्य बन्ने छ ।

मीन

नयाँ तथा थालेका कामहरु सहजै बन्न सक्ने समय छ । काममा मन जानाले चिताएको कार्य सहजै बन्ला । विपरितलिङ्गीको सहयोग प्राप्त भइ मन हर्षित हुने योग छ । सुखद खबर सुन्न्न पाइएला । आर्थिक लगानी बढाउन अनुकूल समय छ । नयाँ ठाउँमा लगानीको वातावरण बन्ने छ । प्रेमभाव वृद्धि तथा रसरागमा आकर्षण बढ्ने छ । आफन्तको साथ मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट