मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षा हुने-Sutra News

मनसुनी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षा हुने

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । सातै प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।



देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भाग तथा आसपासका क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव पनि रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान शाखाले जनाएको छ ।

विभागका अनुसार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागमा आंशिक बदली हुनेछ । ती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना विभागले जनाएको छ ।

यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । यी प्रदेशको थोरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट