अखाद्य अचार बेच्ने पाँचतारे होटल ‘याक एण्ड यति’लाई जरिवाना-Sutra News

अखाद्य अचार बेच्ने पाँचतारे होटल ‘याक एण्ड यति’लाई जरिवाना

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१
होटल याक एण्ड एती, नेपाल

काठमाडौँ । म्याद नाघेको अचार बिक्री गरेको भन्दै ‘याक एण्ड यति’ होटललाई तीन लाख जरिवाना गरिएको छ ।



आइतबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको बजार अनुगमन टोलीले काठमाडौँको दरबारमार्गस्थित पाँचतारे होटल याक एण्ड यतिलाई कारबाही गरेको हो ।

जल्पेनो र स्लाइस्ड नामक अचारको म्याद गुजिएको फेला परेपछि जरिवाना गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट