एनपीएलमा १५ लाखमा बिक्री भएका खेलाडी को कुन टोलीमा ?-Sutra News

एनपीएलमा १५ लाखमा बिक्री भएका खेलाडी को कुन टोलीमा ?

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को अक्सन आइतबार सकिएको छ । काठमाडौँमा सम्पन्न अक्सनबाट ८ फ्रेञ्चाइच टोलीले ८० खेलाडी खरिद गरे ।



अक्सनबाट १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भए । ए ग्रेडका खेलाडीको न्यूनतम मूल्य १० लाख र अधिकतम मूल्य १५ लाख तोकिएको थियो । जसमा १२ खेलाडी अधिकतम मूल्यमा बिक्री भए ।

लुम्बिनी लायन्सले तीन खेलाडीलाई अधिकतम मूल्यमा खरिद गर्दा चितवन राइनोजले कुनै पनि खेलाडी अधिकतम मूल्यमा किन्न सकेन ।

यी हुन् सर्वाधिक मूल्यमा बिक्री हुने खेलाडी

अनिल कुमार साह (जनकपुर बोल्ट्स)

ललित राजवंशी (जनकपुर बोल्ट्स)

गुलशन कुमार झा (कर्णाली याक्स)

आरिफ शेख (सुदूरपश्चिम रोयल्स)

सूर्य तामाङ (लुम्बिनी लायन्स)

विवेक यादव (लुम्बिनी लायन्स)

सन्दीप जोरा (लुम्बिनी लायन्स)

सागर ढकाल (पोखरा एभेन्जर्स)

प्रतिश जीसी (विराटनगर किंग्स)

लोकेश बम (विराटनगर किंग्स)

शाहब आलम (काठमाडौँ गोर्खाज)

भीम शार्की (काठमाडौँ गोर्खाज)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट