बाटो अवरुद्ध हुँदा आलुमा नोक्सान, मूल्य बढ्न सक्ने-Sutra News

बाटो अवरुद्ध हुँदा आलुमा नोक्सान, मूल्य बढ्न सक्ने

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । असोज १० र ११ गते लगातार परेको वर्षाका देशका अधिकांश राजमार्ग पूर्ण सञ्चालन हुन सकेको छैन ।



सवारी साधनहरू हप्ता दिनसम्म सडकमै बस्न पर्ने अवस्था आयो । जसका कारण भारतबाट ल्याइएका तरकारी तथा आलु बाटामा कुहिएको छ ।

लाखौँ खर्च गरेर नेपाल ल्याइएको आलु कुहिएसँगै फ्याक्ने र सद्दे आलुलाई सुकाउने काम भइरहेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा कुहिएको आलु निकाल्ने काम भइरहेको छ ।

अधिकांश आलु कुहिएसँगै नेपालीको भान्सामा आलुको मूल्य बढ्ने भएको छ । आलु कुहिएको र घाटा सन्तुलन गर्न महंगो बेच्नु पर्ने व्यापारी सन्तोष ओस्तीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट