नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु-Sutra News

नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । यस वर्षको मनसुन आजदेखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरिएको हो ।



सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भागको थोरै स्थानबाट मनसुन बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।

विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ ।

केही दिनदेखि तापक्रम पनि घट्दै गएको छ । अब पश्चिमी वायुको सक्रियता बढ्दै जाने र थप चिसो पनि बढ्ने महाशाखाले जनाएको छ । यस वर्ष नेपालमा गएको जेठ २८ गते मनसुन भित्रिएको थियो ।

एक दिन ढिला गरी भित्रिएको मनसुन चार दिन ढिला गरी बाहिरिएको हो । मनसुन देशैभरि फैलिन भने अर्को एक हप्ता लागेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट