चाडपर्वले प्रभावित भएन नेप्से, लियो लय-Sutra News

चाडपर्वले प्रभावित भएन नेप्से, लियो लय

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौं । साताको दोस्रो कारोबार दिन (सोमबार) पनि सेयर बजार परिसूचक (नेप्से)मा उत्साहपूर्ण बृद्धि भएको छ । सोमबार ३७.१३ अंकले बढ्दै नेप्से २६९०.७२ को बिन्दुमा उक्लिएको छ । समग्रमा नेप्से १.३९ प्रतिशतले बढ्यो ।



यसअघि आइतबार पनि नेप्से ५६.०९ अंकले बढेको थियो ।

उत्साहपूर्णरुपमा नेप्से बढ्दै गर्दा अधिकांशजसो समूहका सूचक बढे । फाइनान्स र उत्पादन तथा प्रशोधन समूहमा करेक्सन आउँदा अन्य समूहमा बृद्धि भयो ।

बैंक १.९०, विकास बैंक १.१९, होटल तथा पर्यटन ३.५०, जलविद्युत १.०५, लगानी १.४६, जीवन बिमा १.११, लघुवित्त १.५१, सामूहिक लगानी ०.३४, निर्जिबन बिमा ०.८८, अन्य २.६१ र व्यापार १.४६ प्रतिशतले बढ्यो ।

कारोबारमा आएका २४४ कम्पनीमध्ये १७६ को मूल्य बढ्यो भने ६६ को मूल्य घट्यो । २ वटा कम्पनीको भने मूल्य स्थिर रह्यो ।

आज थ्रि स्टार हाइड्रो र डोल्टी हाइड्रोको मूल्य सर्किट लेबलमा बृद्धि हुँदा इष्टन हाइड्रोपावरको मूल्य भने १० प्रतिशतले घट्यो ।

उच्च अंकका बृद्धिका बिच सोमबार कारोबार रकममा पनि सुधार भएको छ । १ करोड ५८ लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ७ अर्ब ९ करोड ५९ लाख रुपैयाँ बराबरको भयो ।

कारोबार रकमका आधारमा चन्द्रागिरी हिल्स, एनआरएन इन्फास्टक्चर, हिमालयन रिलगायत शीर्ष स्थानमा रहे ।

नेप्सेमा केही सातायतादेखि नै उत्साह देखिन्छ । निरन्तर जसो बृद्धिका बिच सूचकसँगै कारोबार रकम पनि बृद्धि भइरहेको छ ।

जसरी नेप्सेमा उत्साह छाउन थालेको छ, यसलाई यस क्षेत्रका जानकारले करेक्सन कोर्ष सकिएको रुपमा पनि चित्रण गरिरहेका छन् । बुल मार्केटमा उच्च करेन्सनपछि मार्केटले पुनः लय लिन थालेको जानकारहरुको भनाई छ ।

यदि यही गतिमा बृद्धि भइरहेमा चाडपर्वकै बिचमा नेप्से उच्च बिन्दुमा पुग्न सक्छ । दसैं अगाडिकै कारोबारले त्यस्तो रेखा कोर्ने जानकारहरुको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट