दसैँकै दिन वर्षा हुनसक्ने !-Sutra News

दसैँकै दिन वर्षा हुनसक्ने !

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडाैं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दसैँकै दिन पनि पानी पर्ने सम्भावना रहेको जनाएको छ ।



विभागका अनुसार आइतबारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही देशभरबाट बाहिरिने सम्भावना छ ।

महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो साताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन् ।

“यसपटक मनसुन बाहिरिने समय र दसैं एकैपटक परेको छ, मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,” उनले भनिन्, “तसर्थ यो दसैं हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट