‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ्ग’ करोड क्लबमा-Sutra News

‘छक्का पञ्जा ५’ को ‘ब्रेकअप सङ्ग’ करोड क्लबमा

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडाैं । फिल्म ‘छक्का पञ्जा ५’को ‘ब्रेकअप सङ्ग’ करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएकाे १९ दिनमै गीतले यूट्युबमा १ कराेडभन्दा बढी भ्युज बटुलेकाे हाे ।



ब्रेकअप भएपछि प्रेमीले प्रेमिकाप्रति पोखेको रिस र आक्रोशकाे विषय चित्रण गरिएकाे गीतकाे भिडियाेमा कमेन्ट र लाइक पनि उस्तै छ ।

गीतकाे भिडियाेमा पाँच हजार बढी कमेन्ट छ भने झन्डै २ लाख हाराहारीमा लाइक पाएकाे छ ।

गीतका शब्दलाई कतिपयले रमाइलाेकाे रूपमा पनि लिएका छन् भने कतिपयले निकै आलोचना पनि गरेका छन् । जसका क्लिपहरूसमेत सामाजिक सञ्जालका अन्य प्लेटफर्ममा चर्चामा छन् ।

बाबुल गिरीको शब्द, संगीत, एरेन्ज र स्वर रहेको गीतको भिडिओमा फिल्मका मुख्य कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, वर्षा सिवाकोटीले अभियन गरेका छन् ।

‘छक्का पञ्जा ५’को अघिल्लाे गीत ‘बिहे भाकाे छैन’ले पनि राम्राे भिजिटर बटुलेकाे छ । जसकाे हालसम्म ७२ लाख बढी भिजिटर पुगेका छन् ।

यस्ताे छ कराेड क्लबमा पुगेकाे ‘ब्रेकअप सङ्ग’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट