श्रीमतीको हत्या गरी फरार पुरुष पाँच महिनापछि पक्राउ-Sutra News

श्रीमतीको हत्या गरी फरार पुरुष पाँच महिनापछि पक्राउ

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । श्रीमतीको हत्या गरी फरार भएका एक जना भक्तपुरबाट पक्राउ परेका छन् । नुवाकोट दुप्चेश्वर गाउँपालिका ७ घर भएका जितबहादुर भन्ने काले तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।



गत वैशाख १९ गते दक्षिणकाली नगरपालिका ६ बस्ने ४५ वर्षीया डोल्मा शेर्पा आफ्नै डेरा कोठामा मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धान गर्दै जाँदा उनकै पति जितबहादुरले कुटपिट गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनापछि जितबहादुर फरार हुँदै आएका थिए । उनी लुकीछिपी बस्दै आएका थिए । यसै क्रममा आइतबार प्रहरीले भक्तपुर नगरपालिका १० छालिङबाट पक्राउ गर्न सफल भएको हो ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट