बाढी पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री-Sutra News

बाढी पहिरोबाट सबैभन्दा बढी प्रभावित क्षेत्रमा पुगे गृहमन्त्री

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले काभ्रेपलाञ्चोकका बाढी पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका छन् ।



सोमबार बाढी पहिरो प्रभावित क्षेत्र पनौती नगरपालिका १२ कलाँती भूमिडाँडास्थित रोशी बजार र बेथानचोक गाउँपालिका ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलाल गणेस्थानको प्रभावित क्षेत्रमा गृहमन्त्री लेखकले स्थलगत निरीक्षणमा पुगेका हुन् ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १२ कलाँती भूमिडाँडा क्षेत्रमा रोशी खोलामा गएको बाढी पहिरोका कारण धेरै धनजनको क्षति पु¥याएको थियो । मन्त्री लेखकले सो क्षेत्रको रोशी बजार क्षेत्र आसपासको प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरे ।

साथै स्थानीय बासिन्दासँग नागरिकको अवस्थाबारे जानकारी लिएका थिए । उनले बेथानचोक ४ स्थित पाटीखर्क, सलान्दुबगर र चलालगणेशस्थान आपासको क्षेत्रको स्थललगत निरीक्षण गरी त्यहाँको वस्तुस्थितिका बारेमा जानकारी लिएका थिए ।

राहत र सडक लगायतका नागरिकका आधारभूत आवश्यकतालाई सहज बनाउने गरी सरकारले काम गरिरहेको उनको दाबी थियो । बाढी पहिरोबाट काभ्रेमा ७८ जनाको मुत्यु, ७१ जना घाइते र ६ जना बेपत्ता छन् ।

घाइतेमध्ये १८ जनाको उपचार भइरहेको छ । बाँकी डिस्चार्ज भइसकेका छन् । बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट