सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, थप विवरण आउन बाँकी-Sutra News

सिन्धुलीमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, थप विवरण आउन बाँकी

सोमबार, २१ असोज २०८१

सोमबार, २१ असोज २०८१

काठमाडौँ । काठमाडौँबाट भोजपुर जाँदै गरेको यात्रुबाहक बस दुर्घटना भएको छ । घटनामा दुई जनाको मृत्यु भएको छ ।



मदन भण्डारी राजमार्गअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ५ महेन्द्रझ्याडीस्थित भलखाडामा आज दिउँसो ३ बजे दुर्घटना भएको जनाइएको छ ।

बागमती प्रदेश ०१००६ ख ६७८५ नम्बरको बस दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको सिन्धुली जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्ले जानकारी दिए ।

घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट